रुपन्देही, भैरहवा – समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन सचिवालय समितिको बैठक रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको छ।
समाजवादी विद्यार्थी युनियन नेपाल राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक रमेश यादवको अध्यक्षता तथा जसपा नेपालका महासचिव रामकुमार शर्मा प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।
बैठकलाई सम्बाेधन गर्दै प्रमुख अतिथि जसपा नेपालका महासचिव रामकुमार शर्माले संगठनलाई बलियो बनाउँदै विद्यार्थीहरूसँग जोडिने र उनीहरूका समस्या समाधानमा क्रियाशील भएर काम गर्न आग्रह गरे।
त्यसै गरि विशिष्ट अतिथि बिदेश्वर यादवले युवाहरूको नेतृत्व विकास र खेलकुदको क्षेत्रमा योगदानको महत्वमाथि जोड दिएका थिए ।
बैठकमा समाजवादी विद्यार्थी युनियनको आगामी राष्ट्रिय महाधिवेशनको तयारी, संगठन विस्तार, विद्यार्थीहरूका हकहितका मुद्दा, र युवाहरूको भूमिकासम्बन्धी विषयमा गहन छलफल गरिएको अध्यक्ष रमेश यादवले जानकारी दिदै सहभागितामूलक विचार-विमर्शमार्फत महाधिवेशनलाई सफल बनाउन आवश्यक रणनीति तय गरिएको जानकारी दिए ।
बैठकले महाधिवेशनको कार्यक्रमलाई थप व्यवस्थित, सहभागीमूलक र उद्देश्यपूर्ण बनाउने प्रतिबद्धता जाहेर गरेको छ। साथै, संगठनको आगामी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निष्कर्ष पनि निकालिएको छ।