क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन मुद्दामा फैसलाका लागि पटकपटक पेशी तोकिँदै आए पनि अदालतले निणर्य सुनाउन सकेको छैन।यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन भएको छ।लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।