१२ कात्तिक, आइतबार
आईसीसी विश्वकप क्रिकेटमा आज भारत र इङ्गल्याण्डबीचको खेल हुँदैछ । हिजो भएको खेलमा न्युजिल्यान्ड अष्ट्रेलियासँग पाँच रनले पराजित भएको छ । जितको लागि ३ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८३ रन बनायो । त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा ३ सय ८८ रनमा अल आउट भएको थियो । हिजो नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले बङ्गलादेशमाथि ८७ रनको सानदार जित हात पारेको छ । जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.२ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । त्यसअघि इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्स ५० ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो ।