२१ कात्तिक, मंगलबार .
बङ्गलादेशसँग ३ विकेटले पराजित भएसँगै श्रीलङ्का एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल दौडबाट बाहिरिएको छ । जितको लागि २ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ७९ रन बनाएको थियो । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने खेल दिउँसो सबा दुई बजे सुरु हुनेछ ।