७ कात्तिक,मंगलबार
एक दिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र बङ्गलादेश खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेबाट सुरु भएको छ । प्रतियोििगतामा अफगानिस्तानले इतिहासमै पहिलो पटक पाकिस्तानलाई पराजित गरेको छ । भारतको चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको २ सय ८२ रनको लक्ष्य अफगानिस्तानले १ ओभर बाँकी हुँदै २ विकेट गुमाएर पुरा गरेको हो । अफगानिस्तानले अहिलेसम्म एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई हराउन सकेको थिएन ।