निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त हुने निर्वाचन अधिकृतको नाम टुङ्ग्याएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोग पदाधिकारीले आज वा भोली निर्वाचन अधिकृत नियुक्त गर्ने जानकारी दिनुभयो । न्याय परिषद्को सिफारिसमा आयोगले निर्वाचन अधिकृत नियुक्त गर्ने कानुनी व्यवस्था छ । परिषदले सात जना निर्वाचन अधिकृतमा नियुक्त हुने न्यायाधीश र सात जना अतिरिक्त गरी १४ जनाको नाम प्रस्ताव गरेको हो । माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारी दर्ता हुँदै छ । पुस १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ ।
Comments 1