१४ कात्तिक, मंगलबार ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । अपराह्न ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । सभामुख देवराज घिमिरेले आजको बैठकमा औपचारिक पोशाकमा उपस्थित हुन सांसदहरूलाई यसअघि नै भनिसक्नुभएको छ । सम्बोधन लगत्तै बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ । महासचिव गुटेरेस पोखरा, लुम्बिनी हुँदै आज दिउँसो काठमाडौँ पुग्ने जनाइएको छ ।