२१ कात्तिक, मंगलबार ।
राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । गत शुक्रवार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लाग्नु भएको हो । यस अघि उहाँले कात्तिक २२ देखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको थियो ।