काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।
शीतल निवासमा आयोजित माघे संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले परम्परागत रुपमा प्राचीन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्व नेपालीहरुको जनजीवनसँग गहिरो सम्बन्ध रहेको बताए।
राष्ट्रपतिले माघे संक्रान्ति र साउने संक्रान्तिलाई मात्र पर्वको रुपमा नभई नेपाली जीवनशैली र सांस्कृतिक धरोहरका रुपमा स्वीकार गर्नुपर्ने बताए। उनले भने, “हाम्रो राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ। देशमा सुशासन र शान्ति स्थापना गर्नु राजनीतिक कर्मीहरूको प्रमुख दायित्व हो।”राष्ट्रपति पौडेलले देशमा सुशासन र शान्ति स्थापनाका लागि सबै पक्षले योगदान दिनुपर्नेमा जोड दिए।