८ कात्तिक, बुधबार।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध आकस्मीक र अपरझट भएको घटना नभएको भन्दै यो गहिरिदै जानसक्ने बताउनु भएको छ । युद्ध चर्किदै जाने देखेपछि हिजो गुटेरसले विज्ञप्ती मार्फत ५६ वर्षदेखीको पिडा प्रस्फुटित भैरहकाले यसको समाधानका लागि विश्व समुदाय लाग्नुपर्ने बताउनुभयो । दुवै पक्षले मानविय संवेदनशीलतालाई नबुझेकोमा गुटेरसले चिन्ता व्यक्त गर्दै युद्धमा पनि नियम पालना हुनुपर्ने बताउनुभयो । यसैबीच गाजामा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या करिब ५ हजार ८ सय पुगेको छ । हमासको स्वास्थ्य मन्त्रालयले मङ्गलबार हिजो यस्तो विवरण सार्वजनिक गरेको हो । यसैबीच, तटीय एन्क्लेभमा १६ हजार २ सय ९७ प्यालेस्टाइनीहरू घाइते भएका छन् । इजरायली हवाई आक्रमणहरू अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्यहरू र सहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा २ हजार ४ सय व्यक्तिको मृत्यु भएको थियो ।