१३ कात्तिक, सोमबार
ट्राफिक प्रहरीले चेक-जाँच गरेका बेला सवारी चालकले मोबाइल एपबाटै सवारी चालक अनुमति पत्र अर्थात् लाइन्सेन्स देखाउन पाउने भएका छन् । जाँचका क्रममा नागरिक एपमा रहेको लाइसेन्सको विवरण देखाउन पाउने व्यवस्था गरिएको हो । तर, ट्राफिक नियम उल्लङ्घन गरेमा भने सवारी चालकले सक्कल लाइसेन्स नै देखाउनुपर्नेछ । सरकारले नागरिकका सरकारी निकायले जारी गर्ने सम्पूणर् व्यक्तिगत कागजात वा सूचनालाई एउटै माध्यमबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘नागरिक एप’ २०७७ माघमा सार्वजनिक गरेको थियो । नागरिक एपमा नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी लिङ्क गर्न सकिन्छ । साथै, केही मिनेटमै कार्यालय नै नगइ प्यान नम्बर समेत एपबाटै लिन सकिन्छ