१५दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाको औरही आइपुगेको छ । ११ औँ पडावस्थल धनुषाको सबैलास्थित सतोखरमा विश्रामपछि परिक्रमामा सहभागीहरु आज बिहानैदेखि औरहीका लागि प्रस्थान गरे । औरही परिक्रमाको १२ औँ पडावस्थल हो ।
परिक्रमा नेपालको धार्मिक ऐतिहासिक धार्मिक स्थलहरुको १ सय ७ र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ।
मध्यमा परिक्रमाको अन्तिम दिन फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा अर्थात जनकपुरधाम पंचकोशी परिक्रमा गरि सम्पन्न हुनेछ ।
मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमा गर्ने गर्छन । परिक्रमा समापन पश्चात मिथिलाञ्चल क्षेत्रमा भोलि पल्ट होलि खेल्ने परम्परा रहिआएको छ ।