मलेसियाले चिनियाँ नागरिकलाई ३० दिनका लागि फ्रि भिसा लागु गर्ने भएको छ । मलेसियाले यस वर्ष डिसेम्बर १ देखि चिनियाँ नागरिकहरूलाई ३० दिनका लागि मलेसिया यात्राका लागि भिसा आवश्यक नपर्ने जनाएको हो । मलेसिया र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाउनको लागि यो कदम चालिएको हो । मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बर्नामाकाअनुसार भिसा छुटको विवरण गृहमन्त्रीले चाँडै घोषणा गर्नेछन् ।