मलंगवा नगरपालिकाले आज एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई अफिस समाग्री हस्तान्तरण गरेकोछ ।
जिल्ला प्रशासन कार्यालयको परिसरमा समाग्री हस्तान्तरण कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले सो समाग्री प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेको हो ।
समाग्री हस्तान्तरण गदै नगरपालिका प्रमुख यादवले अफिस समाग्री नागरीक सहायता कक्ष अन्तर्गत नागरिकहरुलाई निःशुल्क फारम भर्न र राष्ट्रिय परिचय पत्र बितरणमा सहजताको लागि यो समाग्री प्रदान गरीएको बताउनुभयो ।
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कार्यालयले यो समाग्री हस्तान्तरण भए पश्चात आजैबात यसबाट कामको शुरुवात गरीने बताउदै केही दिनमा नागरीक सहायता कक्षको निमार्ण समपन्न भए पश्चात सोही ठाउँमा सञ्चालन गरीने बताउनु भयो ।
सोही कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहनाथ गौतमले नगरपालिकाले दराज १ थान टेबुल १ थान कुर्सि ३ थान पंखा १ थान कम्प्युटर १ थान , प्रिन्टर १थान जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई हस्तान्तरण गरेको जानकारी गराउनुभयो । प्रमुख प्रशासकिय अधिकृत गौतमले आउने अझै सहकार्य गर्दै अघि बढने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।