अनिता साह
१७ मंसिर , आइतबार ।
सर्लाहीको सदरमुकाम मलंगवा मधेश प्रदेश मिडिया काउन्सिलका संस्थापक अध्यक्ष स्व. शिवहरि भट्टराईको सम्झनामा पत्रकारहरुले दिप प्रज्वलन गरेका छन ।
नेपाल पत्रकार महासघं सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री, महासंघका मधेस प्रदेश सचिव अजित सिंह , पत्रकार विश्वनाथ ठाकुर, अकोराबका मधेस प्रदेश अध्यक्ष मनोज यादव, सुनिल ठाकुर, बख्तियार अली लगायत अन्य पत्रकारहरुको उपस्थितमा मिडिया काउन्सिलका संस्थापक अध्यक्ष स्व. भट्टराईको सम्झनामा दिप प्रज्वलन गर्नुभएको छ ।
भट्टराई नेपाल पत्रकार महासघं सर्लाहीको साधारणसभामा सहभागी हुन आजैका दिन गत वर्ष आइतवारका दिन स्वर्गारोहण हुनु भएकाले सर्लाहीका पत्रकारहरुले स्मरण गर्दै दिप प्रज्वलन गरेको हो ।