अनिता साह
१४ कात्तिक, मंगलबार ।
सर्लाहीकोे सदरमुकाम मलंगवामा सरसफाइ कार्य सुरु भएको छ । नजिकिदै गरेको छठ तथा दिपावली पर्वलाई लक्षित गरी सोमबार बिहान विशेष सरसफाइ अभियानमा मेयर यादवले नगरपालिका कार्यालय अगाडीको सडकमा झाडु लगाएर उक्त अभियानको उद्घाटन गरेका छन् ।
सरसफाइमा जनप्रतीनिधि,सुरक्षाकर्मी लगायत सामाजिक संघसंस्थाका प्रतिनिधी समेत सहभागी भएका हुन् । सरसफाइ अभियान अवधीभर मलंगवा नगरपालिकाको मुख्य बजारक्षेत्र,विभिन्न वडा ,टोल,मठमन्दिर, पोखरी तथा तलाउहरुको सरसफाइ गरिने मेयर यादवले जानकारी दिए । आफ्नो घरआँगन र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि आफैँ सडकमा झाडु बोकेर निस्किएको मेयर यादवले बताए । सोमबारबाट सुरु भएको विशेष सरसफाइ अभियान निरन्तर रूपमा जारी रहने र यसको लागि नगरपालिकाका मेस्तरहरूलाई पनि काममा खटाइएको छ ।