अनिता साह
८ कार्तिक, बुधबार ।
मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवामा कडा सुरक्षा बीच दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । दुर्गा पुजाको र्मुिर्त विर्सजनका क्रममा असहज अवस्था सिर्जना भएपछि थप प्रहरी पनि परिचालन गरेको छ । अन्य स्थानको मुर्ति यसअघि सहमती भएकै रुट हुदै लगेर बिर्सजन गरिए पनि जिविस चौकको मुर्ति भने सेलाउन लैजादै गर्दा अघिल्ला बर्षहरुमा प्रयोग गरेको रुट हुदै लान पाउनु पर्ने भनी बिबाद उत्पन्न भएपछि प्रहरीसंग केहीबेर झडप नै भएको हो । प्रहरीले आश्रुग्यास प्रहार गरि स्थिति नियन्त्रणमा लिएको हो । झडपमा केही प्रहरी घाइते पनि भएका छन ।
बिगतको दिनमा मूर्ति विर्सजन गर्न जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच मलङ्गवामा विवाद उत्पन भई साम्प्रदायिक दङ्गा भड्किएका कारण आज तेस्तो कुनै अवस्था न आओस भन्नेर ब्यापक रुपमा विशेष सुरक्षा व्यवस्था अपनाएर मुर्ति विसर्जन गरिएको हो । यसवर्ष मलङ्गवासहित जिल्लाका ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको थियो । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मुर्ति विसर्जन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै विगत वर्षको मार्गमा दुर्गाजीको मूर्ति घुमाउन सुरक्षाकर्मीले नदिएको भन्दै स्थानिय आक्रोशित बनेका छन् । अहिले मलंगवामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाही प्रहरीका सुचना अधिकारी दिपेन्द्र पन्जियार थारुले जानकारी गराए ।