१८ मंसिर , सोमबार ।
मधेश प्रदेश सरकार मुख्यमन्त्री सरोजकुमार यादवले लागूऔषध विरुद्धको अभियान सुरु गरेका छन् ।आइतबार महोत्तरीको बर्दिबासमा आयोजित एक कार्यक्रमबीच उक्त अभियानको उद्घाटन गरेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको लागूऔषधविरुद्धको अभियानको उद्घाटन समारोहमा मुख्यमन्त्री यादवले यो अभियानलाई सहयोग गर्न अभिभावकहरूमा आग्रह समेत गरे । आफ्नो सन्तान कुलतमा नफसोस् भनेर अभिभावकहरूले आफ्नो सन्तानको निगरानी गरेपछि लागूऔषध दुव्र्यसनीको संख्या घट्ने छ ।’
कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले लागूऔषधले बुबाआमाको सपनामा पानी खन्याएको जिकिर गर्दै यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे । मधेश प्रदेशका आठै जिल्लामा लागूऔषधको कुलतमा लागेका युवाहरूलाई मनोपरामर्श दिइनेलगायतका कार्यक्रमहरू गरिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।