३ माघ, बुधबार ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आफनो एक वर्षे कार्यकालको प्रगती विवरण सार्वजानिक गरेको छ । मधेश प्रदेशमा आधा घण्टै पिच्छे स्तरीय जिल्ला अस्पताल सहितको स्वास्थ्य सेवा देखि शिक्षा, समाजिक, पुर्वाधार, सञ्चार र सुरक्षा सहितका विभिन्न पक्षमा सफलता झल्किने एक वर्षे कार्यप्रगती विवरण मुख्यमन्त्री यादवले मधेश प्रदेश घोषणा भएको दिन माघ ३ लाई मधेश स्वाभिमान दिवसका रुपमा मनाउदै सार्वजानिक गरेको हो ।
आफना सरकारका १० जना मन्त्रीहरुलाई छेउमै राखेर पत्रकार र आफना सरकारका अंगहरु समेतको सहभागितामा प्रगती विवरण सार्वजानिक गरेका मुख्यमन्त्री यादवले आफु अझै पनि भ्रष्टाचार हुन नदिएको र बुलेट ट्रेनकै गतीमा काम गरिरहेको दोहराए ।
मुख्यमन्त्री यादवले पत्रकारहरुको जवाफ दिईरहँदा जनमत पार्टीको नारावाजी र विरोध सामना गर्नुपरयो । जनमत पार्टीका सचिव विपी साह नेतृत्वको समुहले भ्रष्टाचारी सरकार मुर्दावाद, साइकल चोरलाई कारवाही गर सहितका नारावाजी गरेका थिए । विरोधलाई शान्तिपुर्वक सनेका र सामना गरेका मुख्यमन्त्री यादव प्रदर्शनकारी बाहिरएपछि भने, ‘मेरो सरकारले साइकल काण्ड गरेको हो र ?, अनि जनमतको के चाला हो यस्तो ? मेरो सरकार पनि भ्रष्टाचारी हो भने यो सरकारमा जनमतका नेता किन बस्नु परयो ?’ भनी प्रति प्रश्न गर्नुभयाे ।