७ मंसिर, बिहीबार ।
मकवानपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो धक्का ०७२ सालमा गएको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । यसको धक्का काठमाडौँसम्म महसुस गरिएको थियो ।