भूकम्पमा परी जाजरकोटमा ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भूकम्पका कारण जिल्लाका ९ सय ५ घर पूणर्रुपले क्षतिग्रस्त भएका छन् । यस्तै २ हजार ७ सय ४५ घरमा आंशिक क्षति पुगेको छ । सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ वटा घर पूणर्रुपले क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । नलगाड नगरपालिकामा २ सय घरमा क्षति पुगेको छ भने बारेकोट गाउँपालिकामा १ सय ६०, छेडागाड नगरपालिकामा १ सय घरमा क्षति पुगेको छ । त्यस्तै, कुशे गाउँपालिकामा ९५, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूणर्रुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको र ९२ जनाको सनाखत भईसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन् ।