१३ कात्तिक, सोमबार
भारत तेलङ्गानाको सत्तारूढ पार्टी भारत राष्ट्र समिति (बीआरएस) का सांसद कोटा प्रभाकर रेड्डीमाथि चक्कु प्रहार भएको छ । विधानसभा चुनाव प्रचारका क्रममा परिचय नखुलेका ब्यक्तिले रेड्डीलाई छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उहाँ दुब्बक क्षेत्रबाट विधानसभाको उम्मेदवार हुनुहुन्छ । समाचार एजेन्सी पीटीआईकाअनुसार रेड्डीको पेटमा चोट लागेका उहाँलाई अस्पताल भर्ना गरिएको छ । तेलङ्गानामा ३० नोभेम्बरमा विधानसभा चुनाव हुँदैछ ।