भारतमा करिब दुई सातादेखि भत्किएको सुरूङमा फसेका ४१ जना कामदारलाई उद्धार गर्ने क्रम जारी रहेको छ । हिमाली राज्य उत्तराखण्डको सुरुङबाट उनीहरूलाई चाँडै मुक्त गरिने आशा अधिकारीहरूले गरेका छन् । २ हप्ता अघि निर्माणाधीन सुरुङको एक भाग खसेपछि इन्जिनियरले करिब ५७ मिटर माटो, कङ्क्रिट तथा भग्नावशेषबाट स्टिलको पाइप खन्ने काम गरिरहेका छन् । इन्जिनियरहरूले रड काट्नका लागि पाइपभित्र पस्ने र सो समयमा शक्तिशाली ड्रिलिङ गरिने मध्यरातमा उद्धार टोलीका वरिष्ठ सदस्य हरपाल सिंहले बताउनुभयो । चिन्तित आफन्तहरू हिन्दू मन्दिर बनाइएको स्थलमा जम्मा भएका छन् ।