माघ ५,लहान, सिराहा
मधेश जनबिद्राेहका प्रथम शहिद रमेश महतो सहितका शहिदहरूको सालिकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संघीय संसद एव पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले माल्यार्पण गरेका छन् ।
अध्यक्ष यादवले माल्यार्पण गर्दै उनीहरूको योगदानको उच्च सम्मान गर्दै मधेश आन्दोलनका सहिदहरूले देखाएको साहस र त्यागले नेपालमा संघीयता र समावेशी व्यवस्थाको जग बसाएको बताउनुभयो।
आज माघ ५ गते बलिदानी दिवसको अवसरमा मधेश जनविद्रोहका प्रथम शहिद रमेश महतोसहित संघीयता, पहिचान, समावेशीकरण लगायतका अधिकार प्राप्तिको आन्दोलनमा बलिदानी दिएका वीर सहिदहरूलाई सम्मानपुर्वक सम्झिएकाेछ ।
कार्यक्रममा सहभागीहरूले सहिदहरूको बलिदानले ल्याएको परिवर्तनलाई संस्थागत गर्न र उनीहरूको सपना साकार पार्न सबैले प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। बलिदानी दिवसको यस अवसरमा मधेशको अधिकारका लागि प्राण आहुति दिने सबै महान सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गरिएको छ।
सिरहाको लहान स्थित सहिद चोकमा रहेको सालिकमा यादवले शनिबार बिहान माल्यार्पण गरेका हुन् । उहाँसँगै जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डल लगायतका नेताहरूले पनि माल्यार्पण गरे ।
महतो मधेश आन्दोलनका प्रथम सहिद हुन् । आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । यससँगै आन्दोलन चर्किएको थियो
त्यस यता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपा नेपाल सहित मधेश केन्द्रित दलहरूले बलिदान दिवसका रूपमा मनाउने गरेको छ