अनिता साह
१३ मंसिर , बुधबार ।
सर्लाहीको बरहथवा नगरपालिका-८ ताडीस्थित एक आपसमा मोटरसाइकल ठोकिँदा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा बरहथवा नगरपालिका ६ निवासी अन्दाजी २६ बर्षिय मनोज महतो, रौतहटको बलुवा निवासी २२ बर्षिय राम बिश्वास राम, भारतको सीतामढी जिल्ला मेजरगंज निवासी २७ बर्षिय राकेश कुमार र अर्को एक जना घाइते भएको छ भने उनको परिचय खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये दुई जना होस आईसकेको तथा दुई जना बेहोस अवस्थामा रहेको र उनीहरुको अहिले स्थानिय अस्पतालहरुमा उपचार भैरहेको छ ।
बुधबार साँझ सबा ६ बजेको करिबमा बा ४३ प ५०२७ र ना ४४ प १६३४ नम्बरका मोटरसाइकलहरु एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारि दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो ।