३० कात्तिक , बिहीबार ।
यो वर्षको तिहारका लागि बजारमा पुर्याइएको फूलको मालामा व्यवसायीहरूले करिब १० वर्षयताकै सबैभन्दा धेरै घाटा बेहोरेका छन् । किसानबाट किनेर ल्याइएको माला उपभोक्ताले पर्याप्त खरिद नगरेको व्यवसायीको भनाइ छ । फूलको व्यापार नभएपछि काठमाडौँ, बुटवल, पोखरा, नेपालगञ्जलगायतका मुख्य सहरमा सडकमै फालेर विरोध जानाइएको छ । यो वर्ष नेपालमै पनि फूलको उत्पादन धेरै भएको र भारतबाट आएको फूलका कारण पनि बजारमा पर्याप्त विक्री नभएको फलोरिकल्चर एसोसियसन अफ नेपालका उपाध्यक्ष सिताराम पन्तले सीआईएनसँग बताउनुभयो । किसानले फूलको मूल्य पाए पनि बजारसम्म पुर्याउने व्यवसायी मर्कामा परेका हुन् ।
यसैबीच तिहारको बहानामा जुवातास खेल्ने ४०० सय भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागू गरेको विशेष सुरक्षा योजना अन्तर्गत देशका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरि आवश्यक कारबाही अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले सीआईएनसँग बताउनुभयो