नेपाल प्रहरी श्रीमती सङ्घले जाजरकोट भूकम्प प्रभावितका लागि ५ लाखभन्दा धेरै रकम सहयोग गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले सहायता कोषमा जम्मा गर्ने गरी ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।