आजबाट पोखरामा ‘प्रथम केपी ओली कप’ राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रङ्गशालामा हुने प्रतियोगिताको आज पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।