६ मंसिर, बुधबार ।
पोखरामा भोलिदेखि सुरु हुने ‘प्रथम केपी ओली कप’ राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिताको सम्पुणर् तयारी सकिएको बताएको छ । मङ्सिर १५ गतेसम्म पोखरा रङ्गशालमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । सात प्रदेशका सात टोली, ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको २ टोली गरी १२ टोली प्रतियोगितामा सहभागी हुनेछन् ।