१ कात्तिक, बुधबार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमा लड्न चुनौती दिएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आज बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिए । पूर्वराजा ज्ञानेन्द्रलाई इंकित गर्दै उनले भने, ‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् ।’