पाल्पाको माथागढी गाउँपालिका-१ बिरौटास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना हुुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका-५ स्याङ्जाका ४१ वर्षका मोहनीलाल थापाको मृत्यु भएको हो । हिजो बेलुकी मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा घाइते हुनु भएका थापालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।