पाकिस्तानको एन्टी नार्कोटिक्स फोर्स (एएनएफ) ले ४ सय २० किलोभन्दा बढी लागूऔषध बरामद गरेको छ । देशका विभिन्न क्षेत्रहरूमा ए.एन.एफले सञ्चालन गरेको अभियानका क्रममा लागु औषधसहित पाँच जना पक्राउ परेका छन् । बरामद लागूऔषधमा हेरोइन, चरेस, आइस र नशालु ट्याब्लेटहरू छन् । पक्राउ परेकालाई पाकिस्तानको लागुऔषध विरोधी ऐन अन्तर्गत फौजदारी मुद्दा दर्ता गरिएको छ ।