९ कातिक,बिहीबार ।
पाकिस्तानमा १ हजार ६ सय किलोभन्दा बढी लागुऔषध सहित ८९ जना पक्राउ परेको छ । लागुऔषधसँगै एएनएफले ८९ जनालाई पक्राउ गरेको छ । बुधबार जारी गरिएको विज्ञप्तिअनुसार देशभर सञ्चालन गरिएको ९२ वटा प्रतिरक्षा अभियान अन्तर्गतआठ महिला र दुई विदेशीसहित ८९ जनालाई पक्राउ गरिएको छ । एएनएफले लागुऔषध ओसारपसारमा प्रयोग हुने २६ वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको छ । बरामद लागुऔषधको अन्र्तराष्ट्रिय बजारमा करिब ३ करोड ८० लाख अमेरिकी डलर पर्छ ।