१२ कातिक, आइतबार ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको र राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।