जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूणर् विवरण पर्सिसम्म सङ्कलन गरिसक्न स्थानीय पालिकाहरूलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, कणर्ाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह समेतको सहभागीतामा बसेको बैठकले भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरि यथार्त विवरण पठाउन निर्देशन दिएको हो । बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निणर्य गराई जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्न बैठकले निर्देशन गरेको हो । अहिले पठाएको विवरण स्पष्ट नभएको जनाउँदै बैठकले पूणर् विवरण पठाउन स्थानीय तहलाई आग्रह गरेको हो । यस्तै सरकारी कार्यालयको क्षतिको विषयमा सरकारी कार्यालयलाई नै विवरण पठाउन आग्रह गरिएको छ ।