पर्साको ठोरी गाउँपालिका-२ गौतमनगरको डाँडाटोलमा नातिले लाठि प्रहार गरि हजुरबुबाको हत्या गरेको छ । नाति कृष्णबहादुर खड्काले आफ्ना मामाघरका ८२ वर्षीय हजुरबुवा लक्ष्मण लामाको हत्या गरेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो कोदो कुट्ने समयमा खडकाले कोदो कुट्दै गरेको लाठि लिएर लामालाई प्रहार गर्दा बेहोस भएका थिए। नाति खडकाको लाठि प्रहारबाट बेहोस भएका लामालाई उपचारका लागी प्राथमिक स्वास्थ केन्द्र पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकको शव परिक्षणका लागि अहिले वीरगन्जमा राखिएको तथा हत्यारा नातिलाई भाग्दै गरेको अवस्थामा स्थानीयको सहायताले सिसौघारीबाट पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।