सोमबार मिथिला माध्यमिकी परिक्रमायात्रीको लागी पिडारी चौकमा रहेको गोरधोई पोखरी र आसपासको क्षेत्र सफा गरिएको छ ।
फागु पुर्णिमाका दिन जनकपुरधाम आइपुगेका परिक्रमा यात्री श्रद्धालुभक्तजन रात्रि विश्राम गरेर जनकपुरधामको अन्तरगृह (पञ्चकोशी) परिक्रमा गर्ने क्रममा गोरधोई पोखरीमा खुट्टा पखालने चलन छ । मिथिलाकालीन समयमा राम जानकीको विवाह भएको समयमा भगवान श्री राम संग आएको जन्तीहरुको खुट्टा पखालनका लागी तत्कालीन समयमा खनिएको गोरधोई पोखरीमा परिक्रमा यात्री खुट्टा पखालने गर्छन् ।
प्रमुख जिल्ला अधिकारी काशीराज दहाल ,बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्को अध्यक्ष शीतल साह,राष्ट्रीय सरसफाई अभियन्ता धीेरेन्द्र साह,जनजाति कल्याण जनक छात्रावासका अध्यक्ष कृष्ण दिक्षित,तमलोपा नेता विभा ठाकुर,नपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,स्थानीय अभियन्ता,पत्रकार,महिला तथा बालबालिकाको विशेष सहयोगमा सरसफाई अभियान सम्पन्न भएको छ ।
जनकपुरधामलाई सफा र सुन्दर बनाउन सरसफाई अभियानी तथा स्थानीयलाई निरंंतरता दिन प्रमुख जिल्ला अधिकारी काशीराज दहालले अपील गरेका हुन् । जथाभावी फोहर फाल्नेलाई रोक्नु र समझाउनु माने न भने प्रहरी प्रशासनको सहायता लन उनले सुझाव दिएका छन् । आगामी शुक्रबार पुनः जनकपुरधामको तरहुतियागाछीमा सबैजनालाई एकत्रित भएर अभियानमा सहभागी हुन दहाले आग्रह गर्नुभएका हुन् ।