७ मंसिर, बिहीबार ।
धनकुटाका पत्रकारहरूले देउसी खेलेर सङ्कलन गरेको रकमले अभिभावकविहीन बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित बाल पुनस्र्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । देउसी खेलेर सङ्कलन भएको रकमबाट पुनस्र्थापना केन्द्रका १३ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको देउसी भैलो कार्यक्रममा संलग्न पत्रकार रविन कट्टेलले बताउनुभयो ।