२८कार्तिक, मंगलबार ।
नेपाल संवत् ११४४ का अवसरमा आज धिमे बाजासहित हेटौंडामा र्याली निकालिएको छ । मंगलबार नेवाः सांस्कृतिक पुचः हेटौंडाले नेपाल संवत्का अवसरमा बजारमा र्यालीसहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा हेटौंडाकी मेयर मीनाकुमारी लामासमेत उपस्थित थिइन् । हेटौंडा उपमहानगरपालिका—१ भिन्तुना पथबाट निस्केको शुभकामना र्याली नगरका विभिन्न परिक्रममा गरेको थियो ।