अनिता साह
२७ कार्तिक, सोमबार ।
नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले राष्ट्रिय क्रिकेटर गुल्सन झालाई अभनिन्दन गरेको छ । सोमबार सर्लाहीको मलंगवा नगरपालिका निवासी झा लाई नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क बहादुर क्षेत्रीले अभनिन्दन गरेर सम्मान प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिममा अलराउण्डर झाले देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गर्नु भएको छ ।अभनिन्दन कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले सर्लाहीमा एउटा राम्रो स्टेडिएमको आवश्यकता भएको हुँदा सर्लाहीका २० वटै पालिका मिनी स्टेडियम बनाउनको निम्ति पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । साथै जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल कुमार सिंहले क्रिकेट खेल प्रति युवाहरूको आकर्षण बढेको र अन्य खेलको तुलनामा क्रिकेट खेलमा राज्यको लगानी बढी हुनुपर्ने उहाले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, भैरवी गण दलका प्रमुख सूर्य बहादुर कार्की, नेपाल प्रहरी सर्लाही प्रमुख प्रवीण धिताल लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।