२० कात्तिक, सोमबार ।
नेपालमा भोलि मंगलबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात् एमडीएमएस लागू हुँदैछ । एमडीएमएस प्रणाली पूणर् रूपमा कार्यान्वयन हुने र यससँगै भोलिदेखि प्रणालीमा दर्ता नभएका मोबाइल फोन क्रमशः ब्लक हुँदै जाने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार एमडीएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा ल्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन । प्राधिकरणले यही कात्तिक ४ गते सूचना जारी गरेर १५ दिनभित्र सेवाग्राहीलाई एमडीएमएसमा दर्ता गर्न भनेको थियो । आफ्नो मोबाइल फोन एमडीएमएसमा दर्ता भएको छ छैन भन्ने जानकारी mमmक।लतब।नयख।लउ मा गएर हेर्न सकिन्छ । अहिलेसम्म दर्ता नभएको मोबाइल सेटको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट भष्च।लतब।नयख।लउ मा गएर दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।