शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स (अध्यापन अनुमति पत्र) परीक्षामा १३ हजार ७ जना उउतीर्ण भएका छन् । परीक्षामा र एक लाख ५१ हजार १२ जना सहभागी भएका थिए । यसअनुसार उतीर्ण प्रतिशत ८.६१ प्रतिशत रहेको छ । आयोगकाअनुसार कोशी प्रदेशमा २४ हजार ३९ सहभागी भएकामा दुई हजार १ सय ३० (८.८६ प्रतिशत), मधेश प्रदेशमा २२ हजार ८ सय ५५ सहभागीमध्ये एक हजार ६ सय १४ (७.०६ प्रतिशत), बागमतीमा १७ हजार ६ सय ५१ सहभागी मध्ये दुई हजार दुई (११.३४ प्रतिशत) परीक्षार्थी उतीर्ण भएका छन् । त्यस्तैगरी गण्डकी प्रदेशमा ११ हजार ८ सय ९७ सहभागीमध्ये एक हजार १ सय ५२ (९.६८ प्रतिशत), लुम्बिनी प्रदेशमा २९ हजार २ सय ३० सहभागीमध्ये दुई हजार ८६३ (९.७९ प्रतिशत), कणर्ाली प्रदेशमा २४ हजार १ सय ५४ सहभागी मध्ये एक हजार ५७४ (६.५२ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ सहभागीमध्ये एक हजार ६ सय ७२ (७.८९ प्रतिशत) उतीर्ण भएका छन् ।