२१ कात्तिक, मंगलबार ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ । कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गर्दैै शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी २१ दिन भित्र आवेदन दिन आह्वान गरेको छ । तोकिएको म्यादभित्र प्राप्त भएका आवेदनहरुबाट पहिलो चरणमा बढीमा पाँच जनाको छनोट (सर्ट लिस्ट) गरी दोस्रो चरणमा सहभागी गराइने छ । दोस्रो चरणबाट उपयुक्त तीन जना उम्मेदवारको छनोट गरी सिफारिस समितिले अर्थ मन्त्रालय समक्षा सिफारिस गर्नेछ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।