२२ कात्तिक, बुधबार ।
नुवाकोटमा नक्कली नोटको वण्डलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका ६ का ३२ वर्षका बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका ८ का मानबहादुर गुरुङ, र दुप्चेश्वर गाउँपालिका ७ का ४० वर्षका ज्ञानेन्द्रबहादुर पण्डित रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाबाट प्रहरीले विशेष सूचनाको आधारमा उत्तरगया गाउँपालिका ५ नौविसेस्थित एक होटेलबाट ६ वण्डल नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एक हजारको चार वण्डल र पाँच सय रुपैयाँको दुई वण्डल नोटसहित उनीहरूलाई पक्राउ गरिएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुवास वुढाथोकीले जानकारी दिनुभयो । उनीहरू विरुद्ध रसुवा जिल्ला अदालत धुन्चेबाट ठगी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।