द्रुत बस सेवा आजबाट फेरि सञ्चालनमा आउँदैछ । आजदेखि थप ११ वटा बस थपेर काठमाण्डौको रत्नपार्क-भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा सञ्चालनमा आउन लागेको हो । अब कुल ३६ वटा द्रुत बस चल्नेछन् । अहिलेलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म तीन/तीन मिनेटको फरकमा सूर्यविनायकबाट बस छुट्नेछन् । रत्नपार्कदेखि भने दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म बस छुट्ने समय तालिका छ ।