सर्लाही – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व देशभर सरस्वतीको पूजाआराधना गरी उल्लासमय वातावरणमा मनाइएको छ। विद्या र ज्ञानकी देवी सरस्वतीको पूजा गरे विद्या-बुद्धि वृद्धि हुने धार्मिक विश्वास अनुसार बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।
विशेष गरी विद्यार्थी, शिक्षक, कलाकार, साहित्यकार तथा पत्रकारहरूले आफ्नो कला-साधनाका वस्तु—कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई देवी सरस्वतीका रूपमा पूजाआराधना गरेका छन्। साथै, सरस्वती पूजासँगै नानीहरूलाई अक्षरारम्भ गराउने परम्परा अनुरूप विभिन्न विद्यालय तथा मन्दिरहरूमा साना बालबालिकालाई पहिलोपटक लेख्न सिकाउने कार्य गरिएको छ।
यस पर्वलाई वसन्त ऋतुको सुरुवातको रूपमा पनि लिइन्छ, त्यसैले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ। सूर्य उत्तरायण भई दिन लामो हुने विश्वासले यस दिनलाई विशेष महत्त्वका साथ मनाउने परम्परा रहेको छ ।
सर्लाहीकाे जिल्लामा पनि विभिन्न शैक्षिक संस्थाहरूमा हर्षाेल्लास गरि सरस्वतीकाे पुजा गरि बनाइयाे ।
मलंगवाकाे सर्लाही क्याम्पस ,विजडम काेचिगं सेन्टर ,बिद्यासागर बाेडिगं स्कुल, सर्लाही एकेडेमी , प्राथमिक बिद्यालय, ग्रिनल्याण्ड क्याम्पस, नाईस कम्प्युटर सेन्टर ,शिशु स्याहार केन्द्र ,ब्राईट फ्युचर बाेर्डिगं स्कुल,श्रीमती कृष्णादेवी मा.बि ,पब्लिक हाई स्कुल र खुटाैनाका ब्लु स्काई बाेर्डिगं स्कुल लगायतका बिद्यालयका सरस्वतीकाे मुर्ति स्थापना गरि विभिन्न कार्यक्रम गरि पुजा गरि मनाईयाे ।