६मंसिर, बुधबार ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ स्थित दुर्गा मन्दिरबाट चोरी भएको गरगहनासहित एक जना बालक पक्राउ परेको छ । दुर्गा मन्दिरबाट चोरी भएको १४ आना बराबरको सुनको नथिया र टिकासहित मंगलबार उक्त बालकलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ । बालकसँग प्रहरीले सूक्ष्म तवरले सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए । बजारको मध्यभागमा रहेको दुर्गा मन्दिरमा माता दुर्गाको आभूषण भारतबाट १० लाख भारुमा खरिद गरि ल्याएको मन्दिरका पुजारी काशिकान्त झाले बताए । सोमबार छठी पारणका दिन मन्दिरबाट सो आभूषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो बालकलाई नियन्त्रणमा लिएको गौशाला प्रहरी निरीक्षक यादवले जानकारी दिए ।