दाङको लमही नगरपालिका-९ रिहार नजिकै गएराति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस दुर्घटनामा परेको हो । बर्दिया गेरुवा गाउँपालिका-१ का ३६ वर्षका भीमनाथ योगी र युवराज चौधरीको दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बताउनुभयो । बसमा ४७ जना चढेको र दुई जना घाइते भएको पनि उहाँले बताउनुभयो । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।