६ मंसिर, बुधबार ।
झापामा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । हिजो साँझ दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर नजिकैको जङ्गलमा हात्तीको आक्रमणमा परेर शिविरमा बस्दै आएका ७२ वर्षका पदमलाल तामाङको मृत्यु भएको हो । दिउँसो दाउरा खोज्न जङ्गल गएका तामाङ साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला परेकोे डिभिजन वन कार्यालयका झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।