१९कात्तिक, आइतवार
डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका-५ का २२ वर्षीय राधिका मलाल, ३२ वर्षीय धनशोभा बुढा, उहाँका ६ वर्षका छोरा कबिन्द्र र विमला मलालकी ८ महीनाका छोरी प्रार्थना मलालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट हिमाली-५ का २१ वर्षका बीमला मलाल, ३० वर्षका प्रकाश बुढा थापा, २३ वर्षका खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा र २१ वर्षका राजबहादुर मलाल घाइते भएका छन् । प्रहरीका अनुसार घाइते बीमलाको अवस्था गम्भीर छ भने अन्य घाइतेको अवस्था मध्यम छ । घाइतेहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ । बाजुराको गौमुल गाउँपालिका-४ काडाकोटका २१ वर्षीय जिप चालक महेश बुढा प्रहरी चौकी तलकोटको नियन्त्रणमा छन् । जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ ।